Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

महोत्तरीका पत्रकार मन्जित राममाथि अक्रमण, महासंघको ध्यानाकर्षण


काठमाडौं, ४ चैत । महोत्तरीस्थित रेडियो नेपालका सम्वाददाता मन्जित रामलाई स्थानीय कुंज बिहारी यादवसहितले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ मधेस प्रदेश समितिका अनुसार चैत्र ३ गते आइतबार महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित निवासमा रहेका पत्रकार रामलाई यादवसहित उनका परिवारजनले नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर कुटपिट गरेका थिए ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराधको भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

महासंघले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो हर्कतमा संलग्नलाई तत्काल कानुनी दायारा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट