नेपाली राष्ट्रिय फुटबल टोलीले सिङ्गापुर र मलेसियासँग खेल्ने

काठमाडौँ, ४ चैत । राष्ट्रिय फुटबल टोलीले सिङ्गापुर र मलेसियासँग खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २३ सदस्यीय खेलाडी टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट सिङ्गापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसिएन कप–२०२७ छनोट खेलका लागि खेलाडी टोलीको घोषणा गरेको हो ।
नेपालले यही मार्च २१ तारिख सिङ्गापुर र मार्च २५ तारिख मलेसियासँग खेल्दैछ । मुख्य प्रशिक्षक म्याट रोसले टोलीमा तीन जना नयाँ खेलाडीलाई स्थान दिएका छन्। टोलीमा परेका तीन नयाँ खेलाडीमा गोलरक्षक अन्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी छन् ।
नेपाली टोली
गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ
रक्षक : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ
रक्षक : रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु
स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी र रेजिन सुब्बा
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया