Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

मोरङको कदमा गाउँमा भिषण आगलागी, दुई बालबालिकाको मृत्यु


विराटनगर, ५ चैत । मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ।

आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूको परिचय खुलेको छैन। आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन्। आगो नियन्त्रण हुन सकेको छैन।

नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवक्ता (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट