साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

काठमाडौं, ५ चैत । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ ।
आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भुटान र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ ।
विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलंका छन् ।
त्यसैगरी नेपालले आफनो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ । १३ तारिखमै हुने अर्को खेल माल्दिभ्स र भुटानबीच हुनेछ ।
उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।रासस
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया