मधेश सरकार एसईई प्रक्रियामा सहभागी नहुने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् ।
मुख्यमन्त्री सिंहले आज पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन् । केन्द्राध्यक्ष चयन प्रक्रिया आफूले भनेअनुसार नगरिएको उनको आरोप छ । उनले सङ्घ, प्रदेश र पालिकाबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यस पटकको एसईई प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी दिए ।
मुख्यमन्त्री सिंहले मधेशका आठै जिल्लाका परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न आदेश दिएका थिए । तर त्यस विपरीत केन्द्राध्यक्ष छानिएको भन्दै उनको असन्तुष्टि थियो ।
मुख्यमन्त्री सिंहले प्रदेशको निर्देशन विपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा छानबिन गरी परीक्षा प्रणालीलाई मयार्दित बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया