Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना


काठमाडौं । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले आज सवै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहितको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको संभावना रहेको हो ।

महाशाखाका अनुसार मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्र बाहेक उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात पनि हुने सम्भावना छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट