Techie IT
Samayabaddha
शुक्रबार, १४ चैत्र, २०८१

प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा इजरायलको तेल अभिभमा तीन रकेट प्रहार


काठमाडौं, ८ चैत । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन रकेट प्रहार गरिएको जनाएको छ । इजरायलले गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि हमासको यो पहिलो जवाफी हमला हो ।

तर, इजरायलले ती तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको थियो । बाँकी क्षेप्यास्त्र कोही नरहने गरेको ठाउँमा खसेको बताएको छ ।

गएको मंगलबार इजरायलले पुनः युद्ध सुरु गरेपछि २०० भन्दा बढी बालबालिकासहित कम्तीमा ५९१ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार इजरायली सेना (आईडीएफ) ले प्यालेस्टाइनी क्षेत्रमा भूमिगत कारबाही सुरु गरिएको जनाएको छ ।

जनवरीमा इजरायल र हमासबीच युद्धविराम सुरु भएपछि ठूलो मात्रामा सैन्य कारबाहीबाट राहत भएको थियो । तर, यी आक्रमणपछि स्थिति पहिलेजस्तै बन्दै गएको देखिन्छ ।

हमासले अझै ५९ जनालाई बन्धक बनाएको र तीमध्ये २४ व्यक्ति जीवितै रहेका इजरायलको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट