जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि लामिछाने

काठमाडौं, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन जाने भएका छन् ।
लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत काठमाडौंले दिएको आदेशको उच्च अदालतमा चुनौती दिन लागेका हुन् । उनी आज बिहान ११ बजे पुनरावेदन निवेदन दर्ता गराउन पाटन उच्च अदालत जाने उनको सचिवलायले जानकारी दिएको छ ।
काठमाडौं जिल्ला अदालतले रविलाई कसुरदार होइनन् भन्ने अवस्था नरहेको भन्दै ६० लाख धरौटी माग गरेको थियो । उनी उक्त धरौटी बुझाएर रिहा भएका थिए ।
रविले सोही आदेशलाई उच्च अदालतमा चुनौती दिन लागेका हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया