विवादमा तानिएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालयमा सरुवा

काठमाडौं, ८ चैत । सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालयमा तानिएका छन् ।
सिरहामा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका थिए ।
सिरहाको औरही गाउँपालिका–५ का दीपक मलिक डोमको घर भत्काएर महायज्ञ गर्न लागिएको विषय बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी दाहाल विवादमा तानिएका थिए ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया