मोरङमा आठ जुम्ल्याहा विद्यार्थी एसईईमा सहभागी

मोरङ, ८ चैत । सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसईई दिइरहेका छन् । यो विद्यालयबाट कोसी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसईई दिइरहेका छन् । तीमध्ये आठ जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।
विद्यालयबाट चार परीक्षा केन्द्रमा ६२६ विद्यार्थी परीक्षामा सहभागी छन् । यो संख्या कुनै पनि एक प्रदेशमा सबैभन्दा बढी रहेको विद्यालयको दाबी छ ।
०२९ सालमा स्थापित उक्त विद्यालयका विद्यार्थीले ०३९ बाट ‘एसएलसी’ परीक्षा दिन थालेका हुन् । त्यो प्रदेशकै नमुना विद्यालयअन्तर्गत पर्छ । उक्त विद्यालयमा +२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए ।
कोसी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् । रासस
क्याटेगोरी : प्रदेश खबर, रोचक, समाचार
प्रतिक्रिया