Techie IT
Samayabaddha
शनिबार, ८ चैत्र, २०८१

न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

काठमाण्डौमा आज भएको पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मणिनाथ गोपले कतिपय प्रतिष्ठानले सरकारले तोकेकोे न्युनतम पारिश्रमिक श्रमिकलाई नदिएको गुनासो आएको बताए । सरकारले २०८० साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्युनतम मासिक पारिश्रमिक १७ हजार तीन सय रुपैयाँ तोकेको थियो ।

त्यस्तै सरकार चिया बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिक महंगी भत्तासहित १३ हजार आठ सय ९३ तोकेको थियो । विभागले सबै रोजगारदाता तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन समेत अनुरोध गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट