आज राति कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । अहिले गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज राति कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी एकरदुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए । भोलि देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि काठमाडौं उपत्यकामा पनि पानी पर्न सक्ने अनुमान छ । पर्सि आइतवार बेलुकासम्म मौसम बदली हुने सम्भावना छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया