चन्द्रागिरीको केउरानी सामुदायिक वनमा लागेको आगो निभाउने प्रयास जारी

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आज बिहानदेखि जंगलमा आगलागी सुरु भएको हो ।
आगलागी भएको जानकारी पाउनासाथ निभाउन सुरक्षाकर्मी परिचालन भएपनि अहिलेसम्म निभाउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । वनको विभिन्न ठाउँमा आगो लागेको छ ।
यस्तै पछिल्लो एक महिनामा देशभर पाँच सय एक वटा आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । विभिन्न क्षेत्रमा लागेको आगलागीबाट छ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया