मकवानपुरको कैलाश पालिकामा चट्याङले लागेर गर्भवती घाइते

काठमाडौं, १० चैत । मकवानपुरमा चट्याङले लागेर एक गर्भवती महिला घाइते भएकी छिन् । शनिबार ४ बजेतिर कैलाश गापा १० नामटार बागुनेमा चट्याङ पर्दा २१ वर्षीया सुनमाया वाइवा घाइते भएकी हुन् ।
गभर्वती अवस्थामा रहेकी उनलाई आफ्नै घरको पेटीमा घर सफा गरिरहेको बेला एक्कासि चट्याङले लागेको थियो । घाइते उनलाई उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर लगिएको थियो ।
उनको ढाडको भित्री भागमा चोट लागेको छ । उनको थप उपचारका लागि पुरानो मेडिकल रिफर गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य
प्रतिक्रिया