राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध स्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०र०८१ मा सम्पादित प्रमुख कार्यहरू समेटी तयार पारिएको सरकारको नवौं वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले त्यसतर्फ तदारुकताका साथ सरकार लाग्नुपर्नेमा जोड दिए । पौडेलले नेपालको संविधानको मूल मर्म र भावना एवम् राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गरे।
उनले भने, ‘उपलब्ध स्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै देशमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवम् विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारुकता आवश्यक छ ।’
राष्ट्रपति पौडेलले आउँदा दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व अनुसारका काम, कारबाही प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गरे।
क्याटेगोरी : समाचार
प्रतिक्रिया