उपप्राध्यापक कुटपिट गर्ने नेविसंघका नेता रावल कारागार चलान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेता योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावललाई कीर्तिपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०का एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए ।
पक्राउ लगत्तै उनलाई अदालत उपस्थित गराएर अदालतको आदेश अनुसार कारागार चलान गरिएको एसपी शाहीले जानकारी दिए । उनले भने, ‘अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।’
२०८१ माघ २२ मा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश सदर गरेर रावल सहितका प्रतिवादीहरूलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
नेविसंघमा आबद्ध रावल सहितका व्यक्तिहरूले २०७७ मा त्रिवि परिसरमा चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया