Techie IT
Samayabaddha
मंगलबार, ११ चैत्र, २०८१

महिला कृषकले लगाइदिए कृषिमन्त्रीलाई तरकारीको माला


काभ्रेपलाञ्चोक । काभ्रेका महिला कृषकहरूले कृषिमन्त्री रामनाथ अधिकारीलाई तरकारीको माला लगाइदिएका छन् ।

काभ्रेको पनौती नगरपालिका–८ का महिला कृषकहरूले आइतबार मन्त्री अधिकारीलाई तरकारीको माला लगाएर सम्मान गरेका हुन् ।

सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा फरेस्ट एण्ड फार्म फेसिलिटीको सहयोगमा निर्माण भएको शीत भण्डारको उद्घाटनका लागि मन्त्री अधिकारी पनौती पुगेका थिए ।

शीत भण्डारको उद्घाटनसँगै कृषि उत्पादनको प्रर्दशनी गरिएको थियो । कृषि प्रर्दशनीमा योमरी, खुवा तथा मकैको पिठो, च्याख्ला, कोदोका विभिन्न परिकार, चामल तथा त्यसका परिकारहरु, तरकारी तथा त्यसका विभिन्न उत्पादनहरु, घरेलु उत्पादन राखिएको थियो ।

समूहमा ५ सय भन्दा धेरै महिलाहरू सक्रिय रुपमा व्यावसायीक रुपमा उत्पादनमा जोडिएका छन् ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकहरुको हित र विषादी न्यूनिकरणमा सरकारले समन्वय गरिरहेको बताए ।

कृषकहरूलाई आत्मनिर्भर बनाउन सरकारले प्रयत्न गरिरहेको बताउँदै मन्त्री अधिकारीले मुलुकको आर्थिक अवस्था जटिल र संकुचनमा रहेको बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट