ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको बेतहनीमा तनाव

काठमाडौं । पानी बोक्ने ट्याङ्करको ठक्करबाट दुई जना बालकको मृत्यु भएपछि बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी तनावग्रस्त बनेको छ । हिजो दिउँसो ट्याङ्करको ठक्करबाट ८ र ९ वर्षका दुई दाजुभाइको मृत्यु भएपछि स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।
स्थानीय बासिन्दाले ट्याङ्करमा आगजनी गरिदिएका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ । स्थानीय बासिन्दाले चालकलाई कारबाहीको माग गरेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइफायरसमेत गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया