Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर, निभाउने प्रयास जारी


काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति झन्डै २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने काममा खटिएका छन् ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनले बाँके, रुपन्देही, कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाएको बताए । आगलागीको कारण खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट