नागढुङ्गामा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं, ११ चैत । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हाईस दुर्घटना हुँदा अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एक जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया