Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रतीक भट्टराई निर्विरोध निर्वाचित


सुर्खेत – प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो कार्यकालका लागि प्रतीक भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समितिको नयाँ कार्यसमिति गठन क्रममा भट्टराई अध्यक्ष पदमा एकल उम्मेदवार रहेका कारण उनी स्वतः निर्वाचित भएका हुन् ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष पदमा धर्मराज जिसी (सुर्खेत), उपेन्द्र न्यौपाने (जुम्ला) र तुलसा रोका (पश्चिम रुकुम) चयन भएका छन । महासचिवको जिम्मेवारी अशोक कुमार सिंह (कालिकोट) लाई दिइएको छ भने सचिव पदमा तिलकराज वली (सल्यान), नरजङ तामाङ (हुम्ला), जुना कुमारी रावत (जाजरकोट), प्रिमा कुमारी विश्वकर्मा (कालिकोट) र तुलाराज चौलागाईं (कालिकोट) निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा कृष्ण शर्मा (दैलेख) चयन भएका छन् ।

सदस्यहरू:
नयाँ कार्यसमितिमा सदस्यका रूपमा रमिता खड्का मगर (पश्चिम रुकुम), कल्पना रावत (जुम्ला), सुनिल महरा (पश्चिम रुकुम), काली बहादुर नेपाली (जाजरकोट), इन्द्रबहादुर बुढाथोकी (सल्यान), बिक्रम तिरुवा (जुम्ला), गोविन्द विश्वकर्मा (सुर्खेत), रमेश जैसी (जाजरकोट), टिकाराज उपाध्याय (कालिकोट) र राकेश बिक (दैलेख) चयन भएका छन् ।

चार जना सदस्य पछि मनोनीत गरिने समितिले जनाएको छ ।

यस्तै, लेखा समिति संयोजकको जिम्मेवारी प्रचण्ड खत्री (पश्चिम रुकुम) लाई दिइएको छ ।

नयाँ कार्यसमितिले पत्रकारिता क्षेत्रको सशक्तीकरण तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट