Techie IT
Samayabaddha
बुधबार, १२ चैत्र, २०८१

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेल नियुक्त


काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेल नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सर्लाहीका लुइँटेललाई सीईओमा नियुक्त गरेको हो ।

सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । सीइओका लागि आवेदन दिएका १० जनामध्ये झापाका चुडामणि चापागाईं, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका थिए ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट