Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

बालेन आक्रोशित हुँदै भने, ‘सवैलाई टुकुचामा गाडीदिन्छु’


काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब रोकिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सरकारसँग आक्रोशित भएका छन् ।

गएराति फेसबुक स्टाटस लेख्दै उनले सरकारको दम्भले गर्दा काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको उल्लेख गरेका छन् ।

मेयर शाहले लेख्नुभएको छ, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट