कुलमान घिसिङलाई हटाइएको विरोधमा उर्जामन्त्रीको पुतला दहन

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनको अगुवाइमा उनको पुतला जलाइएको हो ।
मंगलबार (चैत १२) काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि उनको पुतला जलाइएको हो । विद्यार्थीले सरकारको विरोधमा नाराबाजी समेत गरेका थिए ।
त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई जिम्मेवारीमुक्त गरिएको हो । विभिन्न क्षेत्रका व्यक्तिले उक्त निर्णयको विरोध गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया