विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गरिएको छ । केन्द्रको डिजिटल बोर्ड ‘ह्याक’ गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरिएको भन्दै उनका समर्थक कुटपिटमा उत्रिएका हुन् ।
मंगलबार (चैत १२) एक समूहले कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेको वितरण केन्द्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार (चैत ११) त्यहाँको डिजिटल बोर्ड ह्याक गरी ‘केपी …छोड’ लेखिएको थियो ।
सोही विषयमा मंगलबार बिहान करिब १० बजे ३५ : ४० जनाको समूहले प्रमुख श्रेष्ठमाथि हातपात गरेर कार्यालय समेत तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया