Techie IT
Samayabaddha
मंगलबार, ११ चैत्र, २०८१

डोटीमा जङ्गली भालुको आक्रणबाट एक दम्पती घाइते


डोटी, १२ चैत । डोटीमा जङ्गली भालुको आक्रणबाट एक दम्पती घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका ६ स्याडाका ६० वर्षीय करी साउद र निजको श्रीमती ५८ वर्षीया दुर्गा साउद घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सोमबार राति घर नजिकै रहेको खेतबारीको रेखदेख गर्ने क्रममा भालुले आक्रमण गरेको हो ।

घाइतेलाई मङ्गलबार बिहान उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि घाइते दुबै जनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाइएको छ ।

घाइते दुबै जनाको अवस्था गम्भीर छ । घाइतेहरुको टाउको, मुख, हात तथा खुट्टामा गम्भीर चोट पुगेको छ । डोटीमा जङ्गली जनावरको आक्रमणबाट वर्षेनी मानिसहरू घाइते हुने तथा ज्यान जाने गरेको छ ।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट