यस वर्ष एशियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एशियाको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादन ४.५ प्रतिशतले बढ्ने बोआओ फोरमले सार्वजनिक गरेको प्रतिवेदनले अनुमान गरेको छ । प्रतिवेदन अनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी ४.४ प्रतिशतले वृद्धि भएको थियो ।
बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद एशिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जीडीपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जीडीपीमा एशियाको जीडीपी ४८.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यसैगरी एशियामा सन् २०२५ मा बेरोजगारी दर ४.३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर ४.९६ प्रतिशतभन्दा कम हो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया