जिसस काभ्रेका प्रमुख दीपककुमार गौतम पक्राउ

काठमाडौं, १३ चैत । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैंकिङ्ग कसुरको आरोपित उनलाई प्रहरी वृत्त, बानेश्वरले आज बिहान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले गौतम पक्राउ परेको जानकारी दिए । ‘उहाँ प्रहरी वृत्त, बानेश्वरको हिरासतमा हुनुहुन्छ । बैंकिङ्ग कसूरको आरोपमा आज बिहान समातिएको हो’,उनले भने ।
गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट जिसस प्रमुखमा निर्वाचित भएका हुन् ।
क्याटेगोरी : जनमञ्च, पालिका, समाचार
प्रतिक्रिया