Techie IT
Samayabaddha
शनिबार, १५ चैत्र, २०८१

खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १३ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा खप्तडछान्ना गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेन्ट इन्जिनियर जनक थामा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकाय छन् ।

अख्तियारले दायर गरेको मुद्दामा प्रत्येकसँग १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

खप्तडछान्ना गाउँपालिका वडा नं। ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा सिम्लका घट्ट सिँचाइ योजना निर्माणमा झुट्टा बिल भरपाइका आधारमा उनीहरूले १४ लाख ८ हजार ८१७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट