अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं। अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन्
बुधबार अर्घाखाँचीको सुपादेउरालीको दर्शन गरेर फर्किंदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
साँझ पौने ६ बजेतिर सुपादेउरालीको दर्शन गरेर फर्किंदै थियो। एक्कासी दुर्घटना हुँदा चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुने तीन जना महिला र एकजना पुरूष रहेका छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा परेर घाइते भएकाहरूलाई बुटवलमा उपचारका लागि लगिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया