Techie IT
Samayabaddha
शनिबार, १५ चैत्र, २०८१

बूढीगण्डकीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु


गोरखा । गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिस गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एसईई दिन सोही गाउँपालिका–४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएका थिए ।

‘साँझ करिब साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बूढीगण्डकीले बगाएछ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘खबर पाउन साथ इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनको खोजतलासमा गरेको थियो ।’

खोजतलासको क्रममा बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको उनले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट