मकवानपुरको लोथर बजारमा बस र जिप ठोक्किँदा चालकको मृत्यु

मकवानपुर, १५ चैत । मकवानपुरको मनहरी गाउँपालिका–६, लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार (चैत १५) बिहान चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१च ३०१२ नम्बरको जिप एकापसमा ठोक्किएको हो । दुर्घटनामा जीपका चालक ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ का चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया