Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

बुल्गेरिया पठाइदिन्छु भन्दै रकम लिएर ठगी गर्ने झापाकी आशा परियार पक्राउ


काठमाडौं, १५ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ९ बस्ने झापा बिर्तामोड नगरपालिका ४ घर भएका आशा परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट एक लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरलिे जनाएको छ ।

 


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट