Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

काठमाडौंको तीनकुनेमा राजावदीहरुले घरमा आगजनी गरे, प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी आक्रोशित


काठमाडौं, १५ चैत । काठमाडौको तीनकुनेमा उग्र बनेका राजावादीहरूले एउटा घरमा आगजनी गरेका छन्। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर, पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट