तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौँ, १५ चैत । शुक्रबार दिउँसो राजधानीको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको निधन भएको छ।
एभिन्यूज टेलिभिजनमा भिडियो पत्रकारका रुपमा कार्यरत रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो। आगलागी भएको भवनमा भिडियो खिच्नेक्रममा जलेर मृत्यु भएको एभिन्युजको खबरमा उल्लेख छ।
आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धार हुन नसक्दा दुःखद् घटना भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया