तीनकुनेमा प्रहरीले चलाएको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु

काठमाडौं, १५ चैत । तीनकुनेमा शुक्रबार आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । शुक्रवार राजसंस्था पुनःस्थापनाका लागि आयोजित प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।
प्रदर्शनकारीले कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी, तोडफोड र लुटपात, निजी सञ्चारगृह तथा सवारी साधनमाथि समेत आगजनी गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया