राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

काठमाडौं, १७ चैत । राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने भएका छन्। संयोजक नवराज सुवेदीले गुरुङलाई आन्दोलनको नेतृत्व गर्ने जानकारी गराएका हुन्।
उनले आफूलाई सरकारले नजरबन्दमा राखेको दाबीसमेत गरेका छन्। उनले राजावादीहरूको आन्दोलनलाई निरन्तर राख्न आह्वान पनि गरेका छन्।
‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ। आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु,’ संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया