Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने


काठमाडौँ, १७ चैत । विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।

सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिने छ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिने छ । नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैँकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच विस्तारमा सघाउ पुग्ने बताए ।

उनले भने ‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानका लागि आधारभुत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायलाई बजार र सेवासम्म पहुँच पुर्‍याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवर्धन गर्न मद्दत गर्छ ।’

विश्व बैँककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्ने छ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनका लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट