वरिष्ठ पत्रकार कमल कोइरालाको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ ।
केही दिनअघि घरमै लडेर बिरामी भएका कोइरालालाई उपचारका लागि सिनामङ्गलको केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा हिजो निधन भएको हो ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो ।
कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए ।
पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया