Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो ।

अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि हप्तामा एउटा चार्टर्ड उडान गरिरहेको छ । तर हिमालय एअरलाइन्सले भने नियमित उडान थालेको हो ।

पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एक सय सात जना यात्रु बोकेर ल्हासाबाट आएको हिमालयको जहाज दिउँसो पौने २ बजे पोखरा विमानस्थलमा अवतरण भएको हो । विमान भोलि बिहान पोखराबाट ल्हासाका लागि उड्नेछ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट