धनकुटाको साँगुरीगढीबाट भरुवा भन्दुकसहित दुई जना पक्राउ

काठमाडौं, १९ चैत । एकनाले भरुवा बन्दुक एकथानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, सिन्कुलाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षका मानभा राई छन् । सोमबार (चैत १८) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनकुटाकै ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । सोहीक्रममा उक्त बन्दुकसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया