Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर


काठमाडौं । सरकार, भारतीय दूतावास र विभिन्न ९ वटा पालिकाबीच प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा आज एक कार्यक्रमकाबीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतीय दूतावास र ९ वटा पालिकाबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सम्झौतामा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतानुसार भारत सरकारले ९ वटा पालिकामा विद्यालयका संरचना तथा स्वास्थ्य चौकी निर्माण गर्नका लागि आर्थिक सहायता प्रदान गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार सम्झौता भएका पालिकाहरूमा कैलालीको धनगढी उपमहानगरपालिका, गुल्मीको धुर्कोट गाउँपालिका, हुम्लाको चङ्खेली गाउँपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका, ताप्लेजुङको मिखुवाखोला गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका रहेका छन् ।

सम्झौता कार्यान्वयन हुने हरेक आयोजनाको अधिकतम बजेट २० करोड रुपैयाँ रहनेछ । दूतावासले स्वीकृत गरिसकेपछि परियोजना लागू हुन्छ । यसअघि पनि भारत सरकारबाट विभिन्न १३ वटा परियोजनामा यसै आर्थिक वर्षमा सम्झौता भइसकेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट