Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना


काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार जारी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा १७ जनाको उपचार भइरहेको हो ।

रामहरि श्रेष्ठ सहित ३ जना गोली लागेर घाइते अवस्थामा बिएण्डबी अस्पतालमा उपचाररत छन् । एकजनालाई सटगनबाट प्रहार गरेको कार्टिजको छर्रा लागेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

तीनकुने घटनामा सटगनबाट प्रहरीले २३९ राउण्ड कार्टिज प्रहार गरेको भेटिएको छ । यस्तै अर्का एक जनाको बायाँ हातमा गोली लागेको पाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट