Techie IT
Samayabaddha
बिहीबार, २७ चैत्र, २०८१

सिरहामा पत्रकार मुकेश यादवमाथि कुटपिट, महासंघको ध्यानाकर्षण


काठमाडौं, २२ चैत । सिरहामा क्रियाशील पत्रकार मुकेश यादवलाई पहिचान नखुलेका व्यक्तिहरूले कुटपिट गरी घाइते बनाएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ सिरहा शाखाका अनुसार चैत्र २० गते बुधबार साँझ ७ बजेको समयमा घर जाँदै गर्दा पत्रकार यादवमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते भएका पत्रकार यादवको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको शाखाले जनाएको छ ।

जुनसुकै बहानामा भए पनि यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासले जनाएको छ । महासंघ यस्ता हर्कतमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट