Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

काठमाडौं आज पनि विश्वकै प्रदूषित सहर


काठमाडौं, २४ चैत । काठमाडौं उपत्यका आज आइतबार पनि ‘विश्वकै’ प्रदूषित सहर बनेको छ । दुई सातायतादेखि काठमाडौं उच्च प्रदूषित छ ।

वायुको अन्तर्रािष्ट्रय नियामक निकाय आईक्यू एयरका अनुसार, आइतबार बिहान १०ः१५ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको पहिलो नम्बरमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २३३ छ ।

यो सूचीको दोस्रो स्थानमा रहेको भारतको दिल्लीको २१६ र अरू सहरको एक्यूआई २०० भन्दा कम छ ।

वातावरण विभागका अनुसार, यस दिन काठमाडौंका शंखपार्क र रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटी तथा भक्तपुर उच्च प्रदूषित छ । उपत्यकाबाहिर दाङको देउखुरी र मुगुको रारा उच्च प्रदूषित छ ।

सोही समयमा देउखुरीको एक्यूआई १६० र रारा क्षेत्रको १५२ मापन भएको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट