कुलमानको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । कुलमान घिसिङका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाडौंको माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् ।
सरकारले गएको चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले उनको मागमा गएको शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया