Techie IT
Samayabaddha
मंगलबार, २५ चैत्र, २०८१

४ महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरू


ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई सेवा पुनः सुरू भएको छ ।

सुकेटार विमानस्थलमा उडान गर्ने नेपाल वायु सेवा निगमका दुई वटा जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम हप्तादेखि नियमित उडान बन्द भएको थियो । गएको शुक्रवार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो ।

काठमाडौंबाट पाँच जना यात्रु लिएर ताप्लेजुङ पुगेको जहाजले ताप्लेजुङबाट ६ जनालाई काठमाडौं फर्किएको सुकेटार विमानस्थलले जनाएको छ ।

सुकेटर विमानस्थलमा केही वर्षअघि सीता एअर र तारा एअरले पर्यटकीय याममा उडान गरेका थिए । अहिले उनीहरूले सेवा बन्द गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट