मोरङको केराबारीबाट भरूवा बन्दुक सहित दुई जना पक्राउ, एक फरार

मोरङ, २५ चैत । केराबारी गाउँपालिका ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट भरूवा बन्दुक तीन थान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्ली कुमार कार्की रहेका छन् । उक्त स्थानमा तीन जना व्यक्तिहरूले भरूवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट आइतबार खटिएको प्रहरीले मणिराज र डिल्ली कुमारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया