Techie IT
Samayabaddha
मंगलबार, २५ चैत्र, २०८१

काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शनको तयारी, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह


काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ठाउँबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि प्रशासनबाट अनुमति लिएको छ । यस्तै शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुले पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

प्रदर्शन हुने ठाउँमा गाडी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले आवश्यकता अनुसार डाइभर्सनको व्यवस्था मिलाइएको जनाएको छ ।

बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई ध्यान दिँदै ट्राफिक प्रहरीले विभिन्न तीन ठाउँमा डाइभर्सनको व्यवस्था मिलाएको छ । यसअनुसार खसीबजार–मकालु–कलङ्की चोक–बाफलमा डाइभसर्नको एउटा रुट तय गरिएको छ ।

यस्तै बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा अर्को डाइभर्सन मिलाइएको प्रहरीले जनाएको छ । यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा अर्को डाइभर्सन तोकिएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।

नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा तथा सहकारी र लघुवित्त पीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भएकाले ती ठाउँमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्यक्रम हुने ठाउँ हुँदै चल्ने गाडीका चालकले अरु वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

मिति २०८१।१२।२६ गते काठमाण्डौंको विभिन्न स्थानमा हुने कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुन सक्ने सम्बन्धी सुचना
————————————
राष्ट्रिय प्रजातन्त्र पार्टीले यहि चैत २६ गते विभिन्न स्थानबाट र्याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने भन्ने बुझिन आएको हुँदा कार्यक्रम अवधिभर आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइने छ ।
डाइभर्सन गरिने मुख्य स्थानहरु:-
• खसिबजार – मकालु – कलंकी चोक- बाफल
• बल्खु चोक- कुलेश्वर- कालीमाटी चोक- टेकु
• किर्तिपुर- सुन्दरीघाट- सानेपा- एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
• त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागि हुन सवारी साधन लिएर आउने व्यक्तिहरुले
पार्किङ्ग गर्ने स्थानहरु :-
टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँबसपार्क
• सितापाईला – बाफल सडक खण्डमा एक लाईन
त्यस्तै नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला जम्मा भइ बानेश्वर र माइतिघर सडक खण्डको विचमा, सहकारी र लघुवित्त पिडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भन्ने बुझिन आएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाईने छ । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य बैकल्पिक मार्गको प्रयोग गर्नुहुन अनुरोध गरिएको छ ।

क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट