राप्रपाको प्रदर्शनअघि तिनवटै सुरक्षा निकायका प्रमुखको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा बिरोधसभाको आयोजना गरेको छ । राप्रपाको प्रदर्शअघि तिनवटै सुरक्षा निकायका प्रमुखहरुले उपत्यकामा कार्यरत सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित छलफलमा आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
सुरक्षा प्रमुखहरुको बैठकमा तिनवटै सुरक्षा निकायले ‘एकिकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय भएको छ । बैठकमा सहभागी प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘सुचना तलसम्म सेयर गर्ने र सुचनाको ग्याप हुन नदिने निर्णय गरिएको छ ।’
बल प्रयोग गर्नुपर्ने अवस्था आएमा सिलसिलेबार बल प्रयोग गर्ने र काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको जस्तो कमजोरी हुन नदिनेबारे छलफल भएको ति अधिकृतले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रदर्शन शान्तिपुर्ण र अहिंसात्मक हुने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा भएको छलफलपछि सशस्त्र प्रहरी बलको उपत्यका हेर्ने नम्बर–९ पशुपति बाहिनीका डीआईजी सुरेश श्रेष्ठ र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले इन्स्पेक्टर र सोभन्दा माथिका अधिकृतहरुलाई ब्रिफिङ गरेका छन् । नेपाल पुलिस क्लवमा आयोजित ब्रिफिङमा उनिहरुले सुरक्षा कमजोरी हुन नदिन निर्देशन दिएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया